२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

वातावरण अनुकूलको फूल

फूलका पारखी भन्छन : ‘ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ’

शुक्रवार , माघ २७, २०७९


काठमाडौँ, माघ । विगत १० वर्षदेखि सङ्घीय संसद् सचिवालय भित्रको  काम छोडेर फूलबारीको स्याहार सुसारलाई रोज्नुभयो वसन्त गिरीले  । चावाहिल स्थायी ठेगाना भएका उहाँले फूलबारीको मोहले आफूखुसी काम परिवर्तन गरेको बताउनुभयो ।
तीन वर्षसम्म कार्यालय सहयोगीका रुपमा सेवारत  उहाँ सचिवालयमा करार सेवाको कर्मचारी  हुनुहुन्छ ।  वातावरण अनुकूलको फूलहरुको विरुवा माग गरी केही बिरुवा नर्सरीबाट त केही फूलबारीकै परिसरमा हुर्काउने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “ ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ । ”  
उहाँका साथमा अन्य नौजना कर्मचारी  सेवारत छन् ।  बगैँचाले सचिवालय परिसरको शोभालाई आकर्षण बनाइरहेको छ । जाडोयाममा पिटुनिया, बाघमुखी, डेन्थस, सिनोरिया  लगायतका फूल र गर्मीयाममा जिनिया, पिताम्बर, लाहुरे लगायतका फूलका विरुवा लगाउँदै आएको उहाँ बताउनुहुन्छ । 
उहाँ जस्तै फूलबारीको स्याहार सुसारमा आबद्ध रहनुभएका ललितपुर गोदावरीका केशव खड्का तीन वर्षदेखि सोही काममा संलग्न  रहदैँ आउनुभएको छ ।  फूलबारीको काम प्रति आफ्नो सम्मान र सन्तुष्टि रहे तापनि समाजको हेर्ने दृष्टिकोण फरक रहेको उहाँको गुनासो छ ।  फूलबारीको काममा रहँदा आमा गुमाउनुको पीडालाई पनि भुलेको र कामप्रति रमाइरहेको उहाँ बताउनुहुन्छ । 
यसैगरी काठमाडौँ बल्खु बसोबास गर्दै आउनुभएकी ललितादेवी पासमान पनि बगैँचामा कार्यरत हुनुहुन्छ ।  तीन वर्षदेखि सो सेवा सुरुआत गर्नुभएकी उहाँ कामको सिलसिलामा रहँदा फुलिरहेका फूलले समूहको परिश्रमको सार्थकता र व्यक्तिगत पीडालाई भुलिदिने बताउनुहुन्छ । 
ललितादेवी जस्तै सचिवालय परिसरमा फूलबारीको गोडमेल गर्दै आउनुभएका प्रेम जिसी भने पहिलादेखि फूलबारी स्याहारसुसारमा काम गर्नुभएको छ । “मलाई बगैँचामा काम गर्दा आनन्द लाग्छ । ”, उहाँ भन्नुहुन्छ ।
सानैदेखि सङ्र्घष गर्दै आएकाले काममा थकान भन्ने महसुस नगर्ने उहाँ बताउनुहुन्छ । नर्सरीका फूललाई अनुकूल तापक्रम, मल, पानी ठीक मात्रा दिएर कठिनाइपूर्वक जोगाउन धौधौ पर्ने उहाँको भनाइ छ  । 
उहाँहरुको फूलहरु जोगाउन बढी हेरचाहको आवश्यकता रहेको भनाइ छ ।  मकवानपुर स्थायी गोमा घलाए डेढ वर्षदेखि सोही काममा कार्यरत हुनुहुन्छ । सहकर्मीहरुको सहयोगात्मक वातावरणमा काम गर्दा कुटो कोदालो बोक्दा पनि त्यति कठिनाइ नभएको र सोही निरन्तरता दिने उहाँ बताउनुहुन्छ । 
सानोठिमी बस्दै आउनुभएकी कल्पना उमागाइँ भने त्यो समूहमा नयाँ हुनुहुन्छ । उहाँले एक महिना अघिबाट मात्र काम सुरु गर्नुभएको थियो ।  “फूलबारीको काममा रुचि छ । ”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार