२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हामी मान्छे

सोमवार , पौष २५, २०७९

हामी मान्छे
आफू कस्तो छु कोहि
हेर्न चाहदैनौँ
अरू कस्तो छ सिर देखी
पाउसम्मै नजर डुलाउन भ्याउछौँ
समस्या आफैंमा हुन्छ 
समाधान अरूमा खोज्छौँ
जिन्दगी आफ्नो हुन्छ
खुसी अरूबाट प्राप्त गर्न खोज्छौँ 
थाहाछैन खुसी कुन त्यस्तो तत्व हो
जसलाई भेट्न जीवनभर दुस्ख रोज्छौँ
कमजोरीहरु आफैं भित्र छन् 
तर दोष हरपल अरू मै लाग्छन् 
आफू पानीमाथीको ओभानो भएर
सकेसम्म अरुलाई डुबाउन खोज्छौँ
हो हामी मान्छेहरू हौँ
मान्छेले मान्छे नै किन्छौँ
अनी मान्छे नै बेच्छौँ 

चाहाना त सबैको माथी पुग्ने नै हुन्छ
तर आफू माथी पुग्दै गर्दा 
सके आरूलाई नै सिढी बनाएर चड्छौँ
नसके खुट्टा तानिदिन्छौँ,घोक्राउछौँ
कसैको त घाँटी थिच्न पनि पछि पर्दैनौँ
तर पनि भन्छौँ
त खराब छस् 
हो, हामी मान्छेहरु अरूमै खराबी भेट्छौँ
त्यसैले आफू सुध्रन होइन 
अरूलाई सुधार्न लाग्छौँ
हो, हामी मान्छे हौँ
त्यसैले मान्छेलाई नै पछार्छौँ
मान्छेलाई नै लछार्छौँ 

सबैलाई ठूलो खुसी चाहिएको छ
त्यसैले सानोतिनो कुरामा रमाउन सक्दैनौँ
भोली सोच्छौँ अनि आज साँच्छौँ
थाहा छैन जीवन कहिले बाँच्छौँ
हुँदा हुँदा सित्तैको हाँसो पनि
भोलिलाई राख्छौँ
हामी यति जतनिया छौँ
आफूलाई जतन गर्छौँ
सकेसम्म अरूलाई मास्छौँ
अरूलाई नै नास्छौँ
हो हामी मान्छे हौँ
दोष अरूमा देख्छौँ
र पनि जिन्दगीको नाच
अरूसँगै नाच्छौँ ।

दुवाकाेट, भत्तपुर ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार