२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दाबी पेश गर्न राष्ट्रपतिकाे आह्वान

नयाँ सरकार गठन : " दाबी पेश गर्ने आज अन्तिम दिन, ५ बजे समय सकिँदै "

आइतवार , पौष १०, २०७९


काठमाडौं, पुस ।  सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । बहुमतसहित सरकारको नेतृत्वको दाबी गरेर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझ पाँच बजेसम्मको समयसीमा सकिंदैछ । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।
संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछन् ।
दाबी पेश गर्ने म्याद सकिन लाग्दा पनि दलहरूले भने सहमति गर्न सकेका छैनन् । हालको सत्ता गठबन्धनले सरकार गठन गर्ने तयारी गरे पनि कसलाई प्रधानमन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेको छैन ।
गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा वा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भन्ने सहमति भएको छैन । यद्यपि, एकीकृत समाजवादीका माधव नेपालसहित आलोपालो प्रधानमन्त्री बन्ने सहमति बनेको स्रोतको दाबी छ ।

संसदको दोस्रो ठूलो दल नेकपा एमालेले भने औपचारिक रुपमा सरकार गठनको प्रयास गरेको छैन । सत्ता गठबन्धनका नेताहरूले भने आजै दाबी पेश गरिने बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार