धनुषा, पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन । उनी हिजो यहाँ आइपुगेका थिए ।
जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए ।
पूजापाठपछि उहाँ यात्री निवास गेष्ट हाउस गएका थिए । शुक्रबार दिउँसो यहाँ आइपुग्नुृभएका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए ।