२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा एमाले

अध्यक्ष ओलीले भने : ' माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री बन्ने सम्भावना टर्यो '

शनिवार , पौष ९, २०७९


काठमाडौँ, पुस । नयाँ सरकार निर्माणका निम्ति दलहरूबीच कसरत भइरहेको छ । यसैबेला  नेकपा (एमाले)  अध्यक्ष केपी शर्मा ओलीले समयमा निर्णय लिन दलका नेतालाई आग्रह गरेका छन् । 
उनले भनेका छन, प्रधानमन्त्रीमा इच्छा देखाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्णय गर्न ढिला गरेको बताएका छन । 
अध्यक्ष ओलीले काठमाडौंमा  आज आयोजित पार्टीको एक कार्यक्रममा भने, निर्णय लिन ढिलो गरेकाले माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रधानमन्त्री बन्ने चाहना अब पूरा नहुने अवस्थामा पुग्यो ।  
उनले  थपे, कुनै कामको निश्चित समय रहने र सो  घर्किएपछि औचित्य सकिने उल्लेख गर्दै भने,  दाहाल प्रधानमन्त्री बन्ने समय सकियो ।  म देख्छु कतिपय इच्छा गरिरहेका छन् । 
पुष्पकमल दाहालजी प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ । तर उनले मलाई लाग्छ ढिलो गरे,  निर्णय गर्न ढिलो गरे,  ओलीले भने, उनको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । अरु नेताहरूले पनि समयमा निर्णय लिन नसके मुलुक मध्यावधि निर्वाचनतिर जाने ओलीको दाबी थियो ।
एमालेले सरकार गठनका लागि कांग्रेस नेतृत्वको गठबन्धन छोडेर आउन माओवादी केन्द्र सामु प्रस्ताव राखेको थियो । माओवादीले भने सुरुमा गठबन्धनबाटै प्रधानमन्त्री प्राप्तिका लागि प्रयास गर्ने भनेर एमालेको प्रस्तावलाई महत्व दिएको थिएन । 
कांग्रेसले आफ्नै नेतृत्वमा गठबन्धनको सरकार गठन हुनुपर्ने अडान लिइरहेको छ भने माओवादी अध्यक्ष दाहालले पनि आफू पहिलो चरणमा प्रधानमन्त्री बन्नुपर्ने अडान छोडेका छैनन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार