काठमाडौँ, पुस । सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार दिउँसो फेरि छलफल गर्ने गरी शुक्रबारको बैठक सकिएको छ ।
शनिबार दिउँसो फेरि छलफल गर्ने गरी आजको बैठक सकिएको छ । अहिलेको गठबन्धनको नै सरकार बनाउने गरि छलफल भएको छ, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले सञ्चारकर्मीलाई भने, छलफल सकारात्मक भयो ।
सरकार गठन लगायतका विषयमा छलफल गर्न देउवा र दाहालबीच शुक्रबार साँझ साढे ५ बजेदेखि २ घण्टा छलफल भएको थियो ।
शनिबार साँझ वा आइतबार दिउँसोसम्म परिणाम निकाल्ने गरि छलफल भएको परियारले दाबी गरेका छन् । बालुवाटारमा भएको यस छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी हुने भनिएको थियो तर स्वास्थ्यका कारण उनी सहभागी थिएनन् ।