२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कर्णाली प्रदेश : 'कांग्रेस संसदीय दलको नेता बने शाही '

शुक्रवार , पौष ८, २०७९

 

सुर्खेत, पुस । नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।
कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
दलको नेतामा दाबी गरिरहेका राजिवविक्रम शाहको प्रस्तावक र जानकी सिंहको समर्थकमा उनी सर्वसम्मत दलको नेता चयन भएका हुन् । 
उनी अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री छन् । शाही हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार