२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 नेपाली कांग्रेस 

 संसदीय दलको नेतामा देउवा निर्वाचित : " देउवाले ६४, गगनले २५ मत पाए "

बुधवार , पौष ६, २०७९

 

काठमाडौं, पुस ।  । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।

देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर बलायरले जानकारी दिए ।निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए ।

गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतले समर्थन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार