२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

महामन्त्री शर्माले भने : " कांग्रेसले गरेका राम्रा कामको चर्चा हुन सकेन "

मंगलवार , पौष ५, २०७९


काठमाडौँ, पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकारका पालामा भएका राम्रा कामको चर्चा हुन नसकेको बताए ।  नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला एवं आबद्ध सङ्घका अध्यक्षको विशेष भेलालाई आज सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेस सरकारको पालामा राम्रो काम भए पनि उक्त कामको चर्चा हुन नसकेको बताएका छन ।  “शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भएर राम्रो काम गरे पनि चर्चा हुन सकेन”, उनले भने ।  
देउवा प्रधानमन्त्री हुँदा मुक्तकमैया, दलित, महिला, जनजातिलगायतका आयोगको स्थापना हुन सम्भव भएको महामन्त्री शर्माको भनाइ छ ।महामन्त्री शर्माले अहिले प्रधानमन्त्री र राष्ट्रपतिका लागि सबै दलहरू लडिरहेको भन्दै देशलाई अभिभावकको खाँचो रहेको बताएका छन ।  
उनले नेकपा (माओवादी केन्द्र) ले अहिले सत्ताको आकाङ्क्षामा अर्को गठबन्धनको खोजी गर्नु गठबन्धन र जनाताको मर्मविपरीत भएको बताए ।  उनले गठबन्धनले विभिन्न आलोचनालाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकाङ्क्षा र आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर जानुपर्ने बताए । 
महामन्त्री शर्माले विगतको भन्दा पृथक ढङ्गबाट सरकार चलाउन नसके आममानिसमा राजनीतिक दलहरूप्रतिको भरोसा सकिने स्पष्ट पारे । उनले श्रमिकको बिमा अभियानका नाममा राष्ट्रव्यापी बिमा अभियान चलाउन जरुरी रहेको उल्लेख गरे ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार