२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संघीय संसद सचिवालय

सांसदको शपथ पुस ७ मा : 'ज्येष्ठ सदस्य जबराले खुवाउने, राष्ट्रपति कार्यालय पुग्यो पत्र '

मंगलवार , पौष ५, २०७९


काठमाडौँ, पुस ।  प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई  भोलि पुस ७ मा शपथ खुवाईदैछ । सांसदहरुलाई ज्येष्ठ सांसद सदस्य  पशुपतिशमशेर जबराले शपथग्रहण गराउने भएका छन् । राष्ट्रिय सांसद राणा प्रजातन्त्र पार्टीका समानुपातिक सांसद  हुन । नागरिकताका आधारमा राप्रपाका जबरा  राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा १ महिना २६ दिन जेठो निस्किएपछि शपथ गराउने ज्येष्ठ सांसदको टुंगो लागेको हो । 
संघीय संसद् सचिवालयका अनुसार निर्वाचन आयोगबाट नागरिकताको प्रमाणपत्र झिकाएर हेर्दा केसीभन्दा जबरा ज्येष्ठ पाइएका हुन् । नागरिकताका आधारमा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादव सबैभन्दा बढी उमेरको भए पनि उनले शपथ गराउने छैनन् । 
उनले नागरिकतामा वास्तविकभन्दा बढी उमेर राखेको स्वीकार गरेर संसद्‍मा ज्येष्ठ सदस्यले सबै सांसदलाई शपथ गराउँदा अनुपस्थित रहनेछन् । २०७४ को प्रतिनिधिसभामा पनि यादव अनुपस्थित रहेपछि ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ ग्रहण गराएका थिए । 
यसपटक भने चित्रबहादुर केसी र पशुपतिशमशेर जबरामध्ये को ज्येष्ठ सदस्य टुंगो लागेको थिएन । सचिवालयका अनुसार, महिन्द्र राय यादवले शपथ नगराउने आशय व्यक्त गरे ।  पशुपति शमशेर जबरा केसीभन्दा १ महिना २६ दिनले ज्येष्ठ देखिनुभयो । वि. सं. १९९९ माघ २४ गते चित्रबहादुर केसीको देखिन्छ । २०३० मंसिर २४ गते ३२ वर्ष पुगेको नागरिकता पशुपति शमशेरको जारी भएको पाइयो । उहाँहरूबीच १ महिना २६ दिनको अन्तर छ ।ु
नागरिकताका आधारमा ज्येष्ठ सदस्य टुंगो लागेपछि संघीय संसद्का महासचिव भरतराज गौतमले राष्ट्रपति कार्यालयलाई पत्र पठाएका छन् ।  उनले जबरालाई ज्येष्ठ सदस्यका रूपमा शपथ गराउने व्यवस्थाका लागि अनुरोधसहित पत्र लेखेका हुन् । उक्त पत्र सोमबार नै राष्ट्रपति कार्यालयमा दर्ता गराइएको छ ।
राष्ट्रपतिले बिहीबार दिउँसो १ बजेअगावै जबरालाई शपथ ग्रहण गराउनेछिन् । त्यसपछि बिहीबार दिउँसो १ बजे जबराले अन्य सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

parliament-19122022050911-1000x0.jpg

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार