२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संरक्षणको पर्खाइँमा घुमाउने घर

सोमवार , पौष ४, २०७९

र्वतको आर्थर डाँडाखर्कमा रहेका परम्परागत घुमाउने घर संरक्षणको अभावमा खण्डहर बनेका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँका अधिकांश परिवार सहरतिर बसाइँसराइ गर्दा गाउँका घर खाली भएका हुन् । गाउँमा पनि आजकल आधुनिक घर निर्माण गर्ने क्रम बढेकाले परम्परागत पुराना घरको संरक्षण हुन नसकेको हो । 
पर्या–पर्यटनका लागि आर्थर डाँडाखर्क सम्भावना बोकेको गन्तव्य हो । सदरमुकाम कुश्मा र पोखारदेखि सजिलै पुग्न सकिने भएकाले आन्तरिक पर्यटक गाउँले वातावरणमा रमाउन यहाँका पाहुना घरमा आउने गर्छन् । भत्केको भए पनि पुरानो शैलीका घुमाउने घरले पर्यटकको ध्यान तान्ने गरेको छ । 
“परम्परागत घुमाउने घर लोप हुनु भनेको जातीय, भौगोलिकताको पहिचान र मौलिकता गुमाउनु हो”, पर्वत उद्योग वाणिज्य सङ्घ, पर्वतका सचिव राजन गुरुङले भने ।  आर्थरको पर्यटनलाई बढवा दिन भन्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पर्वतले पनि केही दिन अघि खबर शिविर सञ्चालन गरेको थियो । 
“घुमाउने घरले गाउँको संस्कृति, मौलिकता र समुदायको परम्परालाई जीवित राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ”, जिल्ला शाखाका अध्यक्ष सन्तोष थापाले भने ।  
कुश्मादेखि सार्वजनिक यातायातमा डेढघण्टाको यात्रा गरेपछि आर्थर पुगिन्छ । यहाँ आउने पर्यटकको बसाइँलाई ध्यानमा राख्दै प्रत्येक जसो घरमा पाहुना घर स्थापना गरिएका छन् । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चासेकोडाँडा पुग्न पनि आर्थर हुँदै जानुपर्छ । “कुश्मादेखि नजिकै भएर पनि यस गाउँ टाढिए जस्तो देखिन्छ”, स्थानीयवासी रुपा थापा गुरुङले भने, “गाउँमा रहेको दुई सय वर्ष पुरानो बौद्ध गुम्बा, गुरुङ समुदायको कलासंस्कृति झल्कने ढुङ्गाका पुराना र घुमाउने घर समेटिने गरी गुरुङ सङ्ग्रहालय बनाइ गाउँकै प्रवद्र्धनमा लाग्नुपर्ने देखिन्छ ।”
ढुङ्गाले छाएको छानो र रातो माटोले बनेका पुरानो घर यस गाउँका विशेषता भएपनि ती घरमा मान्छे बस्न छाडेको वर्षौ भइसकेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार