२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

काठमाडौँ क्षेत्र नं ५

मतदाता माँझ साँसद पौडेलले भने : " मतले जितेँ, अब मनले तपाइँलाई जित्नेछु"

‘हामीले जित्यौँ, दिग्विजय भयो भन्ने होइन, हामीलाई एउटा अवसर प्राप्त भएको छ, ५ वर्षभित्र पूरा गरेर देखाउनेछ'

शनिवार , पौष २, २०७९

काठमाडौँ,  पुस  । नेपाली कांग्रेस महानगर समिति वडा नं ४ का मतदाताले आज नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदीप पौडेलको स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरेका छन । 
सो कार्यक्रमका अवसरमा मतदाता माँझ नेता पौडेलले आफूले मत जिते, अब मन जित्ने बताएका छन । उनले भने, देशमा उत्पादनमूलक उद्योग खोल्न जरुरी छ ।  उनले  सम्बोधनका क्रममा भने,  परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी  छ । 
उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पार्दै उनले थपे, निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुन्छ । 
नेता पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिबद्धताहरु पूरा गर्ने बताए । मत प्राप्त गरे पनि अब आम नागरिकको मन जित्न जरुरी  छ, उनले थपे । 
‘हामीले जित्यौँ, दिग्विजय भयो भन्ने होइन, हामीलाई एउटा अवसर प्राप्त भएको छ । हामीले ५ वर्ष भित्र पूरा गरेर देखाउनेछौँ । यो असाध्यै चुनोतीपूर्ण छ । हामीले मत प्राप्त गर्‍यौं अब मन जित्न जरुरी छ । जिताइयो अब यसले मात्रै सबैथोक गर्छ भनेर नछोडिदिनुहोला तपाईहरुको नै साथ चाहिन्छ । हामीले भनेका कुरा पूरा गर्न जरुरी छ ।

हाम्रा प्रतिबद्धतामा हामी अडिग छौँ । राजनीतिक बेथितिको अन्त्य गर्नेछौँ । स्थानीय समस्या समाधान गर्नेछौँ । कुरा भन्दा पनि हामीले गरेका कुरा पूरा गर्नेकुरामा हामीलाग्नेछौँ । उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी छ । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी छ ।

आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी छ । त्यसोभए रोजगारीको अवसर सिर्जना हुनसक्छ,’ उनले भने ।

नेता पौडेलले अबको ५ वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाता पूरा गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार