२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विपद् जोखिम न्यूनीकरण

गृहसचिव सिंहले भने : " सफल अभ्यासलाई सरकारले प्राथमिकता दिन्छ " 

मंगलवार , मंसिर २७, २०७९


काठमाडौँ, मंसिर । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहमा भए गरेका सफल अभ्यासलाई सरकारले प्राथमिकता दिने बताएका छन । 
गृह मन्त्रालयले आज विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएका स्थानीय तह र सङ्घसंस्थासँगको परामर्शका क्रममा गृहसचिव सिंहले भने,  “विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नेपालमा जनचेतना फैलाउने काम पर्याप्त भए पनि विपद्मैत्री विकास निर्माणसम्बन्धी नीति नियम बन्न सकेका छैन । 
सचिव सिंहले सरोकारवाला निकाय गम्भीर बन्न नसकेका कारण विकास निर्माण सम्बन्धमा भएका नीति नियम तथा कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै उनले भने,  पछिल्ला दिनमा विकास निर्माणका नाममा भइरहेको सडक विस्तारको दीर्घकालीन असरबारे पूर्वानुमान गरी आवश्यक नीतिगत व्यवस्था गर्न नसक्दा भविष्यमा पनि त्यसबाट पुग्नसक्ने ठूलो क्षति भोग्न बाध्य हुनुपर्छ । 
उनले सडक विस्तार, ढुङ्गा, गिट्टी बालुवाको व्यवसायमा रहेको विद्यमान मापदण्ड कार्यान्वयनमा तीनवटै तहका सरकार असफल रहेको स्वीकार गरे ।  कार्यक्रममा एशियाली प्रकोप पूर्वतयारी केन्द्र नेपालका प्रतिनिधि मानबहादुर थापाले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका लागि गरेका प्रयास अत्यन्तै प्रभावकारी भएको बताए । 
उनले नेपालका स्थानीय तहले विपद् जोखिम न्यूनीकरणका लागि गरेका प्रयास अन्य देशमा पनि अनुकरण गर्ने गरेको बताए ।  उनले विसं २०५३ देखि सुरु भएको समुदायमा आधारित विपद् व्यवस्थापन कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएपछि अहिले विश्वका अन्य देशले पनि सोही अवधारणा अनुसार विपद् जोखिम न्यूनीकरणमा लागेको बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार