२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जाजरकोटमा जीप दुर्घटना  :  ' नौ जनाको मृत्यु, तीन घाइते '

सोमवार , मंसिर २६, २०७९


काठमाडौँ, मंसिर । जाजरकोटमा आज जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिएका छन । 
उनका अनुसार सो दुर्घटनामा परी तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गमा  भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार