२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

प्रधानमन्त्री देउवाले भने : 'पीडितलाई न्याय दिलाउन सरकार सचेत छ '  

शनिवार , मंसिर २४, २०७९


काठमाडौँ, मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित परिवारलाई यथाशीघ्र न्याय उपलब्ध गराउने प्रतिज्ञा गरेका छन । आज यहाँ आयोजित ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले शुभकामना दिँदै द्वन्द्वपीडित र परिवालाई यथाशीध्र न्याय दिन सरकार सचेत रहेको बताएका हुन । 
“मानव अधिकारको विशेष संरक्षण र संवद्र्धन गर्न सरकार प्रतिबद्ध छ”, उनले भने,  “द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित र पीडित परिवारलाई यथाशीघ्र न्याय गर्न सरकार सचेत छ ।” उनले राष्ट्रिय मानवअधिकार आयोगको कामको प्रशंसा गर्दै आयोगका समस्या र गुनासोको सम्बोधन गर्ने आश्वासन दिए । 
कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले सशस्त्र द्वन्द्वकालीन पीडितको न्याय विषय अनिश्चित बन्दै गएको बताए । 
“सङ्क्रमणकालीन न्यायका संयन्त्रहरूलाई अधिकार सम्पन्न बनाउने कार्यमा सर्वोच्च अदालतको आदेश, यस आयोगको सिफारिस र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल कानुनी व्यवस्था हुन नसक्दा सशस्त्र द्वन्द्वकालीन पीडितहरूको न्यायको विषय अनिश्चित बन्दै भएको छ ।” 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार