२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चक्रपथ विस्तार आयोजना 

नेता पौडेलले भने : 'चाँडो अगाडि बढाऔँ, सर्वसाधारणलाई समस्या भो'

बिहिवार , मंसिर २२, २०७९


काठमाडौँ, मङ्सिर । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई चाँडो अगाडि बढाउन आग्रह गरेका छन । नेता पौडेलले  काठमाडौँ चक्रपथ सुधार योजना कार्यालयमा पुगेर चक्रपथ विस्तारका सम्बन्धमा भइरहेको कामका बारेमा जानकारी लिनुका साथै उक्त आयोजनालाई चाँडो अगाडि बढाउन आग्रह गरेका छन । 
“चक्रपथ बिस्तारको काममा ढिलासुस्ती हुँदा आमनागरिकलाई समस्या परिरहेको छ, छिटोभन्दा छिटो विस्तारको कामलाई अगाडि बढाउनुपर्छ”, उनले भने ।  
नेता पौडेलले विष्णुमति र सामाखुशी खोलामा वर्षात्का समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक विस्तारका क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्नेगरी काम गर्नुपर्ने बताएका छन ।   
काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद पौडेलले स्थानीय समस्याको समाधान गर्दै दोस्रो चरणको कलङ्कीदेखि वसुन्धरासम्मको सडक विस्तारको काम र तेस्रो चरणको वसुन्धरादेखि चाबहिलसम्मको कामलाई पनि तत्काल सुरु गर्न आग्रह गरे ।  

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार