२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बागमती किनार सुकुम्बासी बिबाद

महानगरपालिकाले भन्यो  : “ कुनै पनि बहानामा हटाउने अभियान रोकिँदैन ”

' सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने काम रोकिँदैन '

बुधवार , मंसिर २१, २०७९


काठमाडौँ, मंसिर  । बागमती किनारमा बस्दै आएका सुकुम्बासी नहटाउन भूमि आयोगले आग्रह गरेको छ । काठमाडौँ महानगरपालिकाले भने सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने काम निरन्तर अगाडि बढिरहने जनाएको छ । 
सहरी विकास मन्त्रालय, भूमि आयोग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय गरेर महानगर अगाडि बढ्ने महानगरका प्रवक्ता नवीन मानन्धरले सञ्चारकर्मीलाई बताएका छन । 
महानगरलाई व्यवस्थित बनाउने सबैको जिम्मेवारी भएको जनाउँदै उनले सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने महानगरको जिम्मेवारी रहेको र उक्त जिम्मेवारी पूरा गर्न आफूहरु लागिपर्ने बताएका छन ।  “सुकुम्बासी समस्याको दिगो समाधान खोज्नुपर्छ, सुकुम्बासीका लागि तयार भवन अलपत्र छ”, उनले भने,  “कुनै पनि बहानामा यो अभियान रोकिँदैन ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार