२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

महाकालीमा भारतको  एकतर्फी तटबन्ध

भारतलाई कूटनीतिक नोट : ‘सीमा क्षेत्रमा संरचना निर्माण गर्दा सहमति र समन्वय हुनपर्छ’

मंगलवार , मंसिर २०, २०७९


काठमाडौँ, मंसिर । महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपालले भारतलाई  कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासलाई मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको परराष्ट्रका एक अधिकारीले जनाएका छन । 
परराष्ट्रका ती अधिकारीका अनुसार,  भारतलाई पठाएको कूटनीतिक पत्राचारमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गरिएको छ ।
यसका साथै, सीमा क्षेत्रमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले कूटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्नुपर्ने नोटमा उल्लेख छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार