२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन - २०७९

कांग्रेसको मातहतका कमिटीलाई निर्देशन : ' निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाऔनोस्' 

आइतवार , मंसिर १८, २०७९


काठमाडौँ, मंसिर ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउन पार्टी कमिटी मातहतलाई निर्देशन दिएको छ ।
पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन आइतबार निर्देशन जारी गरिएको पार्टी कार्यालयले जनाएको छ ।

जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेको पुस १५ गतेभित्र नाम पठाउन निर्देशन दिएको छ ।

318185551_516618183853433_7648085937318379218_n.jpg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार