२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नयाँ सरकार गठन प्रक्रिया

प्रधानमन्त्री देउवा - जनमत पार्टी अध्यक्ष राउत भेट : "सहकार्य गरेर जाने सहमति "

शुक्रवार , मंसिर १६, २०७९


काठमाडौँ, मंसिर । जनमत पार्टी सत्ता गठबन्धन दलसँग सहकार्य गरेर प्रतिनिधि तथा प्रदेशसभा सरकारमा सहभागी हुने सहमति भएको छ ।  सो कुराको जानकारी नेपाली कांग्रेसका पूर्व उपसभापति तथापूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले आफ्नो ट्वीटरमार्फत ब्यक्त गरेका छन । 
उनले  जनमत पार्टीका अध्यक्ष, डा. सि के राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासंग बालुवाटारमा भेंट गराएर फर्केको पनि बताएका छन । उनले भनेका छन, दुबै जनामा सकरात्मक र परिणाममूलक वार्ता भएको छ।
उनले गठबन्धन र काँग्रेससँग संघीय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा शामेल हुने सहमति भएको  जनाएका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार