२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

नेता डा. कोइरालाले भने : 'धर्म संस्कृतिको रक्षाका कुरामा कसैसँग सम्झौता गर्दिन ' 

मंगलवार , मंसिर १३, २०७९


काठमाडौँ, मंसिर । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताए ।  विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आज आयोजित कार्यक्रममा उनले राज्यले गुरुकूल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिएका छन । 
भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक तथा राष्ट्रका धरोहर भएको डा कोइरालाको धारणा थियो । उनले भने, “राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्वद्र्धन गर्नु राज्यको दायित्व हो, धर्म र संस्कृतिको संरक्षणबारे म संसद्मा खरो रुपमा उत्रिनेछु ।”
नेता कोरालाले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने विचार राखे । कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरु अमृत अर्याल, केदार कार्की, भीम पराजुली, राष्ट्रियसभा सदस्य रमेशजङ रायमाझीलगायतको सहभागिता थियोे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार