सुर्खेत, मङ्सिर । कर्णाली प्रदेशस भातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका छन । उनले नेकपा (एमाले)का छक्कबहादुर लामालाई हराए । उनी यसअघिका प्रतिनिधिसभा सदस्यसमेत थिए ।
यसबाहेक बहालवाला वन तथा वातावरणमन्त्री समाजवादीबाट डोल्पा (१) बाट वीरबहादुर शाही र सुर्खेत २ (२) बाट नेकपा (माओवादी केन्द्र) का विन्दमान विष्ट रहनुभएको छ । एमालेका संसदीय दलका नेतासमेत रहनुभएका यामलाल कँडेल सुर्खेत २ (१) बाट निर्वाचित हुनुभएको छ । प्रदेश .२) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन । उनी यसअघि प्रतिनिधिसभा सदस्यसमेत थिए । उनले एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका छन ।
यस्तै, दैलेख २ (२) मा एमालेका विनोदकुमार शाह विजयी भएका छन । उनले केही समयअघि एमाले त्यागेका पूर्वसहकर्मी माओवादीका योगेन्द्र शाहीलाई पराजित गरे । उनी यसअघि प्रतिनिधिसभा सदस्यसमेत भइसकेका छन ।
कालीकोट प्रदेशसभा (१) बाट माओवादीका दुर्गबहादुर रावत प्रदेशसभा सदस्यमा विजयी भए । उनी यसअधि प्रतिनिधिसभा सदस्य थिए । रावतले एमालेका निवर्तमान सांसद कुर्मराज शाहीलाई पराजित गरे । कर्णालीले निर्वाचित गरेका नयाँ अनुहार भने १८ जना रहेका छन । सुर्खेत १ (१) बाट कांग्रेसका खड्ग पोखरेल पहिलो पटक प्रदेश सभामा प्रवेश गर्दै छन । उनी एमालेका निवर्तमान सांसद ठम्बर विष्टलाई हराएर विजयी भएका हुन ।
यस्तै, १ (२) का कृष्ण जिसी पनि नयाँ अनुहार हुन । माओवादी केन्द्रबाट निर्वाचित जिसीले एमालेका डण्डीप्रसाद शर्मालाई पराजित गरे । निवर्तमान दुल्लु नगरपालिकाका प्रमुखसमेत रहेका घनश्याम भण्डारी पनि पहिलो पटक प्रदेशसभामा प्रवेश गर्दैछन । राजनीतिमा आउनुअघि पत्रकारसमेत रहेका भण्डारीले एमालेका तिलक रिजाललाई दैलेख २ (१) मा पराजित गरे ।
यस्तै, दैलेख १ (१) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख) बाट कृष्ण बिसी विजयी भएका छन । खत्री र बिसीले एमालेका प्रेमबहादुर थापा र निवर्तमान सांसद धर्मराज रेग्मीलाई पराजित गरे । सल्यान (१) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भएका छन । शर्माले एमालेका कुलबहादुर गिरीलाई पराजित गरे भने (२) मा कांग्रेसका सुरेश अधिकारीले निवर्तमान सांसद गुलाबजङ्ग शाहलाई पराजित गरे ।
यस्तै, रुकुमपश्चिमका दुवै क्षेत्रबाट माओवादीका नयाँ उम्मेदवार सदस्य निर्वाचित भएका छन । रुकुम पश्चिम प्रदेशसभा (१) मा माओवादीका महेन्द्र केसीले एमालेका नारायणकुमार शाहलाई पराजित गरे ।
यस्तै (२) मा राजकुमार शर्मा विजयी हुनुभएको छ । उनले एमालेका कर्णबहादुर घर्तीलाई पराजित गरे । जाजरकोट प्रदेशसभा (१) मा कांग्रेसका बेदराज सिंह निर्वाचित हुँदा एमालेका डम्बरबहादुर सिंह पराजित भए । कालीकोट प्रदेशसभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भए । उनले एमालेका वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरे । डोल्पा प्रदेशसभा (१) मा एमालेका शेरबहादुर बुढा विजयी हुँदा कांग्रेसका दीपेन्द्रबहादुर शाही पराजित भए ।
हुम्ला प्रदेशसभा (१) बाट माओवादीका रनसिंह परियार विजयी हुँदा उहाँका प्रतिस्पर्धी स्वतन्त्रका मङ्गलबहादुर शाही पराजित भए । यस्तै मुगु (१) मा एमालेका जितबहादुर मल्लले समाजवादीका गोपालबहादुर बमलाई पराजित गरे । यस्तै, मुगु (२) मा माओवादीका मङ्गलबहादुर शाही पनि विजयी भएका छन । उनले एमालेका कर्णबहादुर मल्ललाई पराजित गरे ।
यस्तै, जुम्ला प्रदेशसभा (१) मा कांग्रेसबाट बागी उठेका देवेन्द्रबहादुर शाही विजयी भए । उनले कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीलाई पराजित गर्नुभएको छ । यस्तै जुम्ला (२) मा एमालेका टेकराज पछाई विजयी हुँदा समाजवादीका बहालवाला मन्त्री पदमबहादुर रोकाया पराजित भए ।