यस्तो लाग्छ तिमीलाई हेर्दा
तिमीले हिजो टेकेको
धरातल बिर्सिदै गयौ
तिमीलाई माथि चडाउन
थापेको काँध भुल्यौ
धेरै चोटि लड्यौ
समाउन दिएका हातहरु
तिम्रा लागि बिराना भए
उठाउँदै गर्दा तिमीमा धुलो टाँसिएको
अनि टक्टक्याइ दिनेको
अनुहार सम्झन चाहेनौ
किनकि,
तिमीलाई चराहरुले झै उड्नु छ
र त,
चराहरुलाई हेर्दै उडेका छौ
तर तिमी यो कुरा बुझेनौ
चराहरु उड्दै गर्दा
तल फर्किएर उड्ने गर्छ
किनकि ,
उनिहरुलाई थाहा छ
जती माथि पुगेपनि
फर्किएर धर्तीमा आउनु पर्छ
चाहे चन्द्रमाकै छेउमा किन नपुगुन
तर धर्ती नै हेर्छन्
अनि सोच्ने गर्छन्
भरे फर्किएर जाने गुण त्यही
धर्तीले समालेर राखेको छ
भोक,प्यास,थकान,निन्द्रा,
माया, प्रेम सबै धर्तीमै पुरा हुन्छन्
त्यसैले चराहरु
आफूले उडान भरेको स्थन बिर्सदैनन
तर
तिमीले आकाशको जून हेर्दा
धर्तीको सितलता बिर्सियौ
त्यसैले तिमीलाई
यति भन्नु छ
तिमी जूनको लहरमा पुगेर पनि
जुनुलाई सम्झन्छौ भने
तिमीमा धर्तीको प्रेम जिवित नै छ
तिमी निसंकोच फर्केर आऊ
फेरि उहि धरातलबाट उचाई नापौँला ।
दुवाकोट,भक्तपुर