२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बागलुङमा धन्यवाद  कार्यक्रम

पाका राजनीतिज्ञ चित्रबहादुर केसी भन्छन :" दलप्रति वितृष्णा बढ्यो " 

शुक्रवार , मंसिर ९, २०७९


काठमाडौँ, मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गरेका छन । केसीले मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत कसैले ल्याउने सङ्केत नदेखिएकाले दलप्रति नागरिकको वितृष्णा जाग्दै गएको बताएका थिए ।  
आज मुख्य निर्वाचन कार्यालय बागलुङले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा नेता केसीले स्थायी सरकार बन्ने वातावरण आफूले नदेखेको बताउँदै लोकतन्त्र खतरा मुक्त नभएको बताए ।  

उनले अहिलेको चुनाव निकै खर्चिलो भएको टिप्पणी गर्दै अबका दिनमा चुनाव लड्नसक्ने अवस्था नरेहेको बताएका छन ।  उनले आफूलाई निर्वाचित बनाउने बागलुङका जनतालाई धन्यवाद दिँदै बागलुङको विकासमा आफूले सक्दो भूमिका खेल्ने बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार