२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

आज देशभर मतदान हुँदै : " मौसम सफा छ, ढुक्कले मतदान गरौँ "

आइतवार , मंसिर ४, २०७९

 

काठमाडौँ, मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ । मतदानको प्रतीक्षामा रहेका मतदातालाई मौसम कस्तो होला भन्ने चासो हुनसक्छ ।

देशभरको मौसम सामान्यतया सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न पाउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाशाखाका मौसमविद् गङ्गा नगरकोटीले आज देशैभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिनुभयो । आज देशभरको मौसम सफा रहेको छ ।

हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ, तर, त्यति धेरै असर हुने देखिँदैन । महाशाखाले आज दिनभरको मौसम सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न आग्रह गरेको छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफला रहने छ ।

सोही प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज काठमाडौँका न्यूनतम आठ दशमलव आठ र अधिकतमतापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार