२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

तनहुँको घिरिङ  : 'एमाले कार्यकर्ता पक्राउ, मतदान सुरू हुन सकेन'

आइतवार , मंसिर ४, २०७९


तनहुँ, मंसिर ।  । तनहुँको घिरिङ गाउँपालिका(१ मा प्रहरीले दुईजना एमाले कार्यकर्ता पक्राउ गरेपछि मतदान सुरू हुन सकेको छैन ।
हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले सञ्चारकर्मीलाई बताएका छन ।
उनका अनुसार झडपका कारण घिरिङ गाउँपालिका(१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा मतदान कार्य सुचारु हुन सकेको छैन ।
एमाले नेता विष्णुभक्त सिग्देलले एमालेको विजय सुनिश्चित हुने देखेपछि एमाले कार्यकर्ता पक्राउ गरेर त्रास फैलाउने काम गरिएको बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार