२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

काठमाडौं ५ निर्बाचन क्षेत्र

ईश्वर पोखरेलको सक्रियतामा पैसा बाँडे : 'प्रदेशसभाका एमाले उम्मेदवार पक्राउ'

शुक्रवार , मंसिर २, २०७९

काठमाडौं, मंसिर ।  मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले  बताए । 
प्रहरीका अनुसार, संघीय उमेद्वार ईश्वर पोखरेलको निर्देशनमा पैसा बाँडेको खुल्न आएको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् । उनीहरूलाई अहिले प्रहरी प्रभात बुढानिलकण्ठमा राखिएको छ । उनीहरुले ईश्वर पोखरेलको निर्देशनमा गरेको बताएको स्रोतले जनाएको छ । 
उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार