२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चुनावी सभालाई देउवाको सम्बोधन 

ओलीको भाषणमा देउवाको कटाक्ष : " बन्दुक लिएर सीमामा लड्न जानुस् !" 

ओलीप्रति लक्षित गर्दै देउवाले भने :  ‘कूटनैतिक माध्यमवाट मात्र गुमेको भूभाग फिर्ता ल्याउनुबाहेक अर्को विकल्प छैन' 

शनिवार , कार्तिक १९, २०७९


धनगढी, कात्तिक  । चुनाव प्रचार अभियानमा धनगठी पुगेका नेपाली काग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुलामा पुगेर  भाषण  गर्दैमा  गुमेको भूभाग फिर्ता हुन नसक्ने  बताएका छन ।  कांग्रेस सभापति देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको भाषण सम्झँदै  भने,  बन्दुक लिएर सीमामा लड्न जानुस, फिर्ता ल्याउनुस् । 
शुक्रबार प्रतिपक्षी दलका नेता ओलीले दार्चुलामा चुनावी सभालाई सम्बोधन गर्दै गुमेको भूभाग एक इन्च पनि नछोडी फिर्ता ल्याउने बताएको बिषयलाई जनतामा ओठे बचनले देश नबन्ने बताए ।   
शनिबार प्रधानमन्त्री देउवाले डडेलधुरामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै  सभापति देउवाले ओलीलाई  यस्तो जवाफ फर्काएका हुन् । ओलीप्रति लक्षित गर्दै देउवाले भने,  ‘भाषण गरेर फिर्ता हुने भए काठमाडौंमै भाषण गरे भइहाल्थ्यो नि १’
कूटनैतिक माध्यमवाट मात्र नेपालले गुमेको भूभाग फिर्ता ल्याउनुबाहेक अर्को विकल्प नभएको पनि देउवाले बताए । प्रधानमन्त्रीले भने ‘यस्तो संवेदनशील विषयलाई भोट माग्ने माध्यम बनाउनु अनूचित हो ।ु 
प्रतिपक्षी दलका नेता ओलीले आफ्नो पहिलो चुनावीसभामा लिपुलेकको मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाउँदै आफ्नो कारणले चुच्चे नक्सा पास भएको बताएका थिए । ओलीले एमालेले सरकार बनाएर गुमेको भूमि फिर्ता ल्याउने आश्वासन पनि दार्चुलावासीलाई दिएका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार