२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'मुक्त कमैयाका समस्या समाधानमा सरकार प्रतिबद्ध ' :  मुख्यमन्त्री भट्ट

शनिवार , आश्विन १, २०७९


सुदूरपश्चिम, असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । शनिबार मुक्त कमैया महिला विकास मञ्च कैलालीको १५औँ साधारणसभा तथा पाँचौँ अधिवेशनमा उहाँले अध्यादेशमार्फत कानुन ल्याएर भए पनि मुक्त कमैयाका समस्या समाधान गरिने बताउनुभयो ।
 
उहाँले कानुनी जटिलताका कारण मुक्त कमैयाको समस्या समाधान गर्न समस्या भएको बताउनुभयो । मुक्त कमैया, कम्लरी, मुक्त हलियालगायत समस्या समाधान गर्नका लागि प्रदेश सरकारले धेरै छलफल गरेर कानुन तयार गरेको उहाँले बताउनुभयो ।

निर्वाचनले गर्दा संसद् रोक्नुपरेको बताउँदै उहाँले कानुन सदनबाट पास गर्न सक्ने स्थिति नबनेकाले अध्यादेश ल्याएर भए पनि समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले मुक्त कमैयाका सबै समस्या समाधान गर्न एकीकृतरूपमा कानुन ल्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

संविधानले भूमि दिने अधिकार सङ्घीय सरकारलाई मात्रै दिएको जानकारी दिँदै मुख्यमन्त्री भट्टले प्रदेश सरकारको चाहना मुक्त कमैयालाई भूमिको व्यवस्था हुनुपर्छ तर कानुनी जटिलताका कारण दिन नसकिएको स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार