२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जनता समाजवादी पार्टी

अध्यक्ष यादवले भने : 'नागरिकता विधेयक पारित गरी छाड्छौँ,  निरन्तर सङ्घर्षमा ' 

शनिवार , भाद्र ११, २०७९


सप्तरी, भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक पारित गरेर छाड्ने दावी गरेका छन ।  जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा आज आयोजित कार्यक्रममा उनले भने,  हरेक नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भनेर निरन्तर सङ्घर्षमा रहेका छौ । 
उनले सरकार र सदनबाट नभए सडक सङ्घर्ष गरेर भए पनि नागरिकता विधेयक पारित गरिने जिकीर गरे । उत्पीडित जाति समुदायको अधिकार सुनिश्चितताका लागि निरन्तर सङ्घर्ष जारी रहेको बताउँदै उहाँले सदियौँदेखिको उत्पीडित जाति समुदायले समान अधिकार प्राप्त नगरेसम्म देशमा समृद्धि नआउने बताए । 
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले देशमा चाँडै मलखादको समस्या समाधान हुने आश्वासन दिए ।  यादवले पहिचान, प्रतिनिधित्व, सामावेशीता र अधिकारका लागि उत्पीडित समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन । 
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पार्टी अध्यक्ष उपेन्द्र यादवको दूरदर्शी नेतृत्वले सप्तरीमा विकासले गति लिएको बताए ।  जसपा जिल्ला अध्यक्ष केदारप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादव, मधेस प्रदेश सांसद मनिस सुमन, विदेश्वर यादव बिक्की, नवप्रवेशी प्रभाकर यादव, प्रेस मञ्चका महासचिव अवधेशकुमार झा अवधेश झालगायतकाले शुभकामना व्यक्त गरे ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार