२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बागमती प्रदेश सरकार

प्रादेशिक संरचना निर्माण  : “सङ्घीय सरकार समक्ष जग्गाको भोगाधिकार माग” 

बुधवार , श्रावण २५, २०७९


बागमती, साउन । बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका लागि जग्गाको भोगाधिकार माग गर्न सङ्घीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित मकवानपुर बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा रहेको कित्ता नम्बर १८३ को १२ कठ्ठा १२ धुर जग्गामा संरचना बनाउने गरी अनुमतिका लागि सिफारिस माग गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले जानकारी दिनुभयो । यसअघि सोही ठाउँको आठ कठ्ठा जग्गाको भागाधिकार प्राप्तिका लागि सिफारिस माग गरिएको थियो । 
बैठकले प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत करार सेवाका कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्री शर्माका अनुसार प्रदेशका करार कर्मचारीले अब मासिक रु दुई हजारका दरले महँगी भत्ता पाउने छन् । 
मन्त्रिपरिषद् बैठकले गत आवमा विकास योजनाको काम सम्पन्न भएका र असार मसान्तमा भुक्तानी हुन बाँकी रहेको करिब रु तीन अर्ब रकमको यकिन विवरण संकलन गरेर भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्री खनालले जानकारी दिनुभयो 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार