२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

माओवादी अध्यक्ष दाहाल जापानमा

शनिवार , श्रावण २१, २०७९


काठमाडाैँ, साउन । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुगेका छन । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरे । 
नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका छन । भ्रमणका क्रममा अध्यक्ष दाहालले आज जापानको फकुओकामा आयोजना हुने नेपाल फेस्टिभल समारोहको उद्घाटन गर्ने कर्यक्रम छ । 
अध्यक्ष दाहालले आइतबार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्ने उनको सचिवालयले जनाएको छ । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो । सो घटना भएको ७५ वर्ष पूरा भएको छ ।
 उनले नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्र्रियामा सहभागिता जनाउनुहनेछ । 
जापानमा रहँदा अध्यक्ष दाहालले जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे उनको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार