२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना महामारी बढ्दै 

पछिल्लो २४ घण्टा  : "देशभर थप ८९५ मा कोरोना सङ्क्रमण, एकको मृत्यु"

सोमवार , श्रावण १६, २०७९


काठमाडौँ, साउन । देशभर पछिल्लो २४ घण्टामा ८९५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । सो अवधिमा पाँच हजार नौ सय नौ जनाको नमूना परीक्षण गरिएको थियो । 
तीन हजार  ६८५ जनाले पिसिआर र दुई हजार  २२४ सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  गत २४ घण्टामा दुई ६४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 
यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार  ३२६ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३३ हजार १७६ जनाले कोभिड बिरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार  ९३४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार  ९६८ पुगेको छ । होम आइसोलेशनमा चार हजार  ७९२, संस्थागत आइसोलेसन  १४२ र आइसियू ३६ र भेन्टिलेटरमा पाँच जना सङ्क्रमित रहेका छन् । 

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने तथा दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कास्की रहेको छ । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार