गोदावरी, साउन । कैलारी गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ५३ वर्षीय भागिराम चौधरीले सोही विद्यालयबाट भएका छन । उनले यस वर्ष २ जिपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिएका छनघन ।
यस वर्ष एसइई पास भएपछि धेरै खुसी भएको जनाउँदै उनले भने, “अब कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने तयारी गरेको छु । कैलारी–६ बनकट्टा गाउँका चौधरीले विसं २०४८ मा दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलोपटक एसएलसी दिएको बताएका छन ।
कोरोना महामारीको क्रममा दुई वर्ष विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर पठाएको परिणामका आधारमा एसइईको नतिजा सार्वजनिक गरिएको थियो ।