काठमाडौँ, असार । नक्कली प्रमाणपत्रधारी र संंस्थापकलाई झुठा मुद्धा लगाएर कलेज हडपी नेपाल इञ्जिनियर कलेजमा अनियमितता मच्चाउँदै आएका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठसँग चाँगुनारायण नगरपालिकाका मेयर तथा शिक्षा मन्त्रालयबाट गठित सञ्चालक समिति अध्यक्ष जीवन खत्रीले आम्दानीको हिसाब किताव मागेका छन । निजी रुपबाट सञ्चालित उक्त कलेजको विगत चार वर्षयताका आम्दानी र खर्चका विवरण दुरुस्त नराखेसम्म सञ्चालक समिति बैठकको अध्यक्षता आफूले नगर्ने जानकारी चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले कलेजका प्रिन्सिपललाई गराएका छन् ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उक्त कलेजको हिसाब किताब पारदर्शी नभएसम्म बैठकमा सहभागिता नजनाउने जानकारी गराएपछि कलेज व्यवस्थापन सकसमा परेकाे छ । कलेज कब्जा गरी लुट मच्चाउँदै उनीहरू झुठा मुद्धा र ठगीको आरोप आफ्रूमाथि लाग्ने भएपछि सकसमा परेका हुन ।
अदालतमा मुद्धा चलिरहेको सो निजी लगानीको उक्त नेपाल इञ्जिनिएरिङ कलेजलाई नक्कली प्रमाणपत्रधारी श्रेष्ठले तनाशाही ओली सरकारको पालामा शक्ति देखाएर भक्तपुरका सांसद महेश बस्नेत र ताप्लेजुंगका सांसद योगेश भट्टराईको साथ लिएर कलेज जबर्जस्ती कब्जा गरी गैरकानुनी रुपमा सामाजिक संस्थामा रुपान्तरण गर्ने योजना बनाई कब्जा गरी त्यसबाट हुने आम्दानीमा एकाधिकार मच्चाउदै आएका थिए । त्यो योजना बनाएर निजी लगानीकर्तामाथि धावा बोलेर लुट मच्चाएको आरोप भक्तपुरका सांसद महेश बस्नेत र ताप्लेजुङका सांसद योगेश भट्टराईमाथि लागेको छ ।
उनीहरूको योजना अनुसार कलेजका संस्थापक अध्यक्ष लम्बोदर न्यौपानेलगायत पाँच जनालाई झुठा मुद्धाको आरोपमा फँसाएर सञ्चालक समितिमा अध्यक्ष सोमप्रसाद मिश्रलाई ल्याई लुट मच्चाउँदै आएका थिए । र उनीहरुले कलेजका संस्थापक अध्यक्ष लम्बोदर न्यौपानेलगायतका वास्तविक लगानीकर्ताविरुद्ध ठगीको झुठा मुद्दा लगाएका थिए ।
त्यसरी सो कलेज हडपेपछि संस्थापकलाई कलेज जानबाट गुण्डा प्रयोग गरेर उनीहरूलाई कलेज परिसरमा प्रवेश गर्नसमेत नदिने कार्य गर्दै आएका थिए ।षडयन्त्रमूलक ढङ्गले लगाइएको उक्त मुद्दापछि कलेजका प्रिन्सिपल श्रेष्ठ र ठगीमा मिलेमतो गर्ने सांसदद्धय बस्नेत र भट्टराईको अदालतको न्यायपछि मुटुमा ढ्याग्रो ठोकेको छ ।
न्यायाधीश उमेश कोइरालाको इजलासले न्यायिक निर्णय सुनाएपछि महेश बस्नेत र कलेजको प्रिन्सिपललगायतको छटपटी बढेर विभिन्न ब्यक्ति र निकायमा पुगेर अदालतप्रति नै आक्रोश पोख्ने गरेका छन ।
उनीहरूले साठी करोडभन्दा बढी रकम ठगी गरेको आरोपसहित मुद्दा लगाएका थिए । जबकि संस्थापक अध्यक्ष लम्बोदर न्यौपानेको चारवर्षे कार्याललमा रू १५ करोड बैंकको ऋण चुक्ता भएको, कर्मचारी सञ्चयकोष तथा नागरिक लगानी कोषमा रू चार करोड दाखिला गरेको, कलेजको बैंक खातामा रू २० करोड रुपैयाँ मौज्दात रहेको र रू. चार करोड ३२ लाख कर चुक्ता भएको देखिन्छ । यसरी कलेजलाई आम्दानी गराउने लम्बोदरमाथि ५४ करोड ठगी गरेको आरोप लगाइएको थियो ।
लम्बोदर न्यौपानेलगायतको टीमलाई षडयन्त्रमूलक ढङ्गले पन्छाएयता कति आम्दानी भयो र, खर्च कहाँ कसरी गरियो भन्ने जानकारी हरिकृष्ण र उनको निकटका व्यक्तिबाहेक कसैलाई पनि गराइएको छैन ।
त्यसैले नेपाल इञ्जिनियरिङ कलेजका कर्मचारी र शिक्षकहरू पछिल्लो चार वर्षको हिसाब माग्दै आन्दोलित भएका छन् । हिसाब नबुझाए उनीहरू छानविनको माग गर्दै अख्तियार पुग्ने तयारीमा रहेको कलेज स्रोतले जनाएको छ।