२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भारतका गायक सोनु निगमलाई कोरोना पोजेटिभ

बुधवार , पौष २१, २०७८

पुस ।भारतका चर्चित गायक सोनु निगम कोरोना संक्रमित भएका छन् । निगमको साथसाथै उनकी श्रीमती मधुरिम र छोरा नीवानमा समेत कोराना पोजेटिभ देखिएको छ । निगमले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै कोरोना संक्रमणको जानकारी दिएका हुन् ।

सोनु अहिले दुबईमा परिवारको साथ समय बिताइरहेका छन् । कोरोना संक्रमित भएपछि उनी परिवारका साथ क्वारेन्टिनमा बसेका हुन् । तपाईहरुलाई नयाँ बर्षको शुभकामना । म कोरोना संक्रमित भएको छु उनले सामाजिक सञ्जाल एक भिडियो शेयर गर्दै भने, कति मानिसलाई यो कुरो थाहा छ, कतिलाई थाहा छैन ।

आफुलाई पनि कोरोना संक्रमण भएजस्तो नलागेको उनले बताएका छन् ।;म अहिले दुबईमा छु । मलाई भारत फर्किनुछ, किनभने भुवनेश्वरमा कार्यक्रम छ । ;सुपर सिंगर सिजन ३ को पनि सुटिङ गर्नुछ उनले अगाडि भने;मैले कोरोना टेष्ट गराएको रिपोर्ट पोजेटिभ आयो ।उनले आफु बिस्तारै ठिक हुने आशा ब्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार