२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्राज्ञ सरुभक्तलाई मुक्तक सागर सम्मान

आइतवार , कार्तिक १४, २०७८

गण्डकी, कात्तिक । साहित्यकार एवं प्राज्ञ सरुभक्तलाई मुक्तक सागरबाट सम्मान गरिएको छ । मुक्तक विधाको उत्थान र विकासमा क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्तरूपमा उहाँलाई सो सम्मान अर्पण गरेको हो ।

पोखरामा आयोजित एक समारोहका बीच मुक्तक सागरका तर्पmबाट पत्रिकाका सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गर्नुभएको हो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले मुक्तकको उन्नयन र विकासमा मुक्तक सागर साहित्यिक त्रैमासिक पत्रिकाले निरन्तर खेलेको भूमिकाको चर्चा गर्दै मुक्तकसम्बन्धी विस्तृत विमर्श गर्ने समय आइसकेको बताउनुभयो ।

पोखरेली कवि रमेश श्रेष्ठ, पोखरा महानगर प्राज्ञ सरस्वती श्रेष्ठ सरु र मञ्चका सल्लाहकार तथा साहित्यकार दीपक समिपले सरुभक्तले मुक्तक र साहित्यिक क्षेत्रमा पुयाउँदै आउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बताउनुभयो । मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा वसन्त गौतम, ईश्वरमणि अधिकारी, भूमिराज बस्ताकोटी, दीपक समिप, रुपिन्द्र प्रभावी, शीतल गिरी, कपिल शर्मा, गीता तिवारी, अम्बिका भण्डारी, कृष्ण सुवेदी, सरोज पौडेल, अमृता पोखरेल, शङ्कर ज्ञवालीलगायतले मुक्तक वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार