संयुक्तराज्य अमेरिका, कात्तिक । लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्णरूपमा नियन्त्रण हुन् सकेको छैन । विभिन्न किसिमका खोप उत्पादन भइरहेका छन् तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय बनिरहेको छ ।
यसै सन्दर्भमा लौरान निर्गाडको एक सर्वेक्षणले बताए अनुसार १२ देखि १७ वर्षका लाखौं बालबालिकाले अमेरिकामा सुरक्षित रूपमा फाइजर खोप लगाएपछि हाल अमेरिकी यसको प्रभावकारिताबारे थप अनुसन्धान गरिरहेका छन् ।
तीमध्ये ५ देखि ११ वर्षका बालबालिका र वयस्कलाई दिइने खुराकको एक तिहाइ मात्रा दिइने गरेको छ । खाद्य र औषधि प्रशासनले शुक्रबार बच्चालाई अनुकूल हुने प्रकारको डोज तयार पारेर रोग नियन्त्रण तथा रोकथाम केन्द्रलाई सिफारिस गरेको छ ।
यो खोपको बालबालिकामा पर्ने साइड इफेक्टका बारेमा अध्ययन भइरहेका बेला एमोरी विश्वविद्यालयका बाल हृदय रोग विशेषज्ञ डा म्याथ्यू ओस्टरले खोपपछि कहिले काहीँ बच्चामा पनि विभिन्न खालका असर देखिन सक्ने हुन्छ ।
जसलाई कोरोना भाइरस सङ्क्रमणपछि मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम भनिन्छ भनेर औल्याएका छन् । केही बालबालिका र वयस्यमा मुटु सुन्निनेलगायतका गम्भीर साइड इफेक्ट देखिने गरेको पनि उनले बताएका छन् । तर खोपले काम गर्न थालेपछि यस्ता सामान्य समस्या आफै निको हुने पनि विज्ञले बताएका छन् । रासस÷एपी