कठमाडौ, भदौ । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठले नेपाल इन्जिनियरिङ काउन्सिलबाट लिएको प्रमाण पत्र नक्कली भएको पाइएको छ ।
ललितपूर जिल्ला, ललितपूर मा.न.पा.,पुल्चोक निवासी, हाल नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य हरिकृष्ण श्रेष्ठले तत्कालिन श्री ५ को सरकार जलवायू विज्ञान विभागमा ओभरसियरको रुपमा कार्यरत थिए ।
नेपाल इन्जिनियरिङ कलेज स्रोतका अनुसार, निज प्रिन्सिपलले कलेजमा इन्जिनियरिङ पासको प्रमाणपत्र बही कतै नबुझाएको र काउन्सिलको प्रमाणपत्र मात्रै रहेको पनि कलेजले जनाएको छ ।
निज प्रिन्सिपल श्रेष्ठ हाइड्रोलोजीका बिद्यार्थी रहेको र उनी तीनबर्षे ओभरसियर रहेको जनाइएको छ । जसले ईन्जिनियर भन्न र प्रमाणपत्र दिन नमिल्ने काउन्सिल ऐनमा ब्यवस्था छ ।
उनले विभिन्न स्थानमा पेश गरेको साधा कागजमा ईन्टर्नसिपका बारेमा मात्र लेखिएको कलेजले जनाएको छ । सो कागजले ईन्जिनियर डिग्री पाएको बारेमा प्रमाणित नगर्ने जनाईको छ ।
कलेज सैोत भन्छ, यी केवल बिज्ञानका बिद्यार्थी मात्र रहेको जनाएको छ । बिज्ञान अध्ययन गर्दैमा आफुलाइ ईन्जिनियर भन्न पूर्णरुपमा नैतिकताहिन, विवादित, हाँस्यास्पद तथा मुर्खता हो, यो अपराध तथा कानून विपरितको काम हो ।
परिषद स्थापनाको ३ बर्षपछि २०५८ असार ३० मा उक्त परिषदको सदस्यता प्राप्त गरेका छन । सदस्यता नं १९६९ सिभिल ए रहेको छ ।
नेपालको ईन्जिनियरिङ काउन्सिल ऐनले उक्त प्रमाणपत्र ४ बर्ष इन्जिनियरिङ अध्ययन गरेको व्यक्तिलाई मात्र प्रदान गर्ने व्यवस्था रहेको छ । उनले हाइड्रोलेजीका बिद्यार्थी हुन ।
कलेज स्रोत भन्छ, उनी नेपाल सरकारको छात्राबृत्तिमा अमेरिका अध्ययन गर्न गएका श्रेष्ठले फर्किएर आफुले बन्ड गरेको जलबायू विज्ञान बिभागमा काम गर्न जानूपर्ने गएनन् र तत्कालिन श्री ५ को सरकारले छात्राबृत्ति बापतको रकममाथि यिनीमाथि क्षतिपूर्तिको दावी मुद्धा गर्यो । त्यसबाट यिनको सजाय तोकियो । उक्त सजाय नभोगी उनी फरार सूचीमा रहेका छन ।
नेपालको कानून अनुसार ४ बर्षे इन्जिनियरिङ नगरेको व्यक्ति इन्जिनियर बन्न सक्दैनन् । कुनै प्राविधिक वा बिज्ञान बिषयमा अध्ययन वा पिएजडी गरेर इन्जिनियरको प्रमाण पत्र प्राप्त हुँदैन ।
हाल निज व्यक्तिले अर्को कीर्ते काम गरी नेपाल इन्जिनियरिङ काउन्सिलबाट प्रोफेशनल इन्जिनियरको समेत प्रमाणपत्र लिएका छन् जून २० बर्ष इन्जिनियर भै काम गरी परिषदबाट परीक्षा पास गरेपछि पाइन प्रमाणपत्र हो ।