२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अनलाइन कक्षा : '५० प्रतिशत मात्रै शुल्क लिन निर्देशन'

आइतवार , श्रावण २४, २०७८

विराटनगर, साउन । विराटनगर महानगरपालिकाले कोभिड–१९ का कारण बन्द रहेका विद्यालयलाई विद्यार्थीका अभिभावकबाट ५० प्रतिशत मात्रै शुल्क लिन निर्देशन गरेको छ ।महानगर क्षेत्रका सबै संस्थागत विद्यालयलाई पत्र काट्दै साविक स्थितिको शुल्क परिमार्जन गरेर अभिभावकसँग ५० प्रतिशत मात्रै लिन आग्रह गरेको हो ।

विद्यार्थीले अनलाइन कक्षा लिईरहेको अवस्थामा भौतिक उपस्थिति भएकै अवस्थाको शुल्क नअसुल्न महानगर शैक्षिक प्रशासनले निर्देशन गरेको छ ।  ५० प्रतिशत शुल्क लिदासमेत अभिभावकको सहमति लिनुपर्ने निर्देशनमा भनिएको छ ।

महामारीका कारण अभिभावकले रोजगारी गुमाएको, व्यापार व्यवसायमा ह्रास आएको भन्दै मासिक शुल्क आधा मात्रै लिनका लागि निर्देशन गरिएको छ । महानगरभित्रका सबै संस्थागत विद्यालयलाई पत्र काट्दै अभिभावक र व्यवस्थापन पक्षसँग समेतको उपस्थितिमा अनलाइन कक्षाको शुल्क निर्धारण गरिने उल्लेख गरेको छ ।

विद्यालय सञ्चालकले महामारी अगाडि सरहकै शुल्क अभिभावकबाट लिदैं आएका छन्, महानगर शैक्षिक प्रशासन प्रमुख दुर्गाप्रसाद खतिवडाले भने । उनले थपे, यो अभिभावकले थेग्न नसक्ने गुनासो बढ्दै गएकोले ५० प्रतिशत मात्रै लिन निर्देशन गरेका हौं ।

यो निर्देशन संस्थागत विद्यालयका सबै तहका कक्षामा लागु गर्नुपर्ने खतिवडाले बताए । महानगरले शुल्कको विषयमा सार्वजनिक सूचनासमेत जारी गरेको छ । महानगरले निर्धारण गरेको शुल्कको विषयमा भने निजी तथा आवासीय विद्यालय अर्गनाईजेशले भने अमान्य भन्दै अस्वीकार गर्ने बताएको छ ।

कुनै छलफल नै नगरी महानगरले शुल्क निर्धारण गरेको बताउँदै त्यसलाई मान्न नसकिने प्रतिक्रिया जनाएको हो । प्याब्सनको महानगरका अध्यक्ष इन्द्र राईले गत वर्षको शुल्क नबढाई लिने सहमति दिएको महानगरले अहिले बाँझिने गरि परिपत्र गरेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार