२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

इनरुवा : 'अनिश्चितकालका लागि विद्यालय बन्द'

आइतवार , बैशाख ५, २०७८

इनरुवा, वैशाख । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रमा कोरोना भाईरस कोभिड १९ को जोखिमलाई मध्यनजर गरी विद्यालयहरु बन्द गरिएको छ ।

इनरुवा नगरपािलका कार्यालयले आइतबार सूचना जारी गरी नगर भित्रका विद्यालयहरु अर्को सूचना जारी नभएसम्मको लागि बन्द गर्ने गरिएको हो ।

नगरपालिकाको कार्यालयले सूचना जारी गर्दै विद्यालय बन्द गरिएको नगरप्रमुख राजन मेहताले बताउनुभयो । मेहताले नगर भित्र रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोना देखापरेको र समुदायमा समेत संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै बन्दको निर्णय गरिएको जानकारी दिनुभयो ।

यसैबीच, विद्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाले नगरभित्र भिडभाड हुने कुनै पनि गतिविधि गर्न नपाइने भनेको छ । जारी सूचना अनुसार मेला, भेला, सभा, सम्मेलन जस्ता कार्य गर्न रोक लगाइएको छ ।

सुनसरी प्रशासनले भने जिल्लाभर लागू हुने गरी भिडभाड हुने कार्यमा रोक लगाइएको विषयको सूचना यस अघिनै प्रकाशित गरिसकेको छ । यहाँ सूचना र निर्णयको कार्यान्वयन भने फितलो रहेको छ ।

आइतबार सूचनाको बेवास्ता गर्दै निजी विद्यालयहरु निर्वाद रुपमा खुलेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार