२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

स्वास्थ्य मन्त्रालय : शैक्षिक संस्थामा प्रत्यक्ष पठनपाठन बन्द गराउन सिफारिस

शनिवार , चैत्र २८, २०७७

काठमाडौं, चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थामा प्रत्यक्ष पठनपाठन बन्द गराउन सिफारिस गरेको छ।

कोरोना संक्रमण थप बढ्न सक्ने भन्दै विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई सिफारिस गरेको मन्त्रालयले जनाएको छ।

कोरोनाको दोस्रो लहरको महामारी आएको र यो थप फैलनसक्ने संभावना रहेकाले सावधानी अपनाउन मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो।

विद्यालयलगायत अन्य भीडभाड हुने क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेसलगायत बन्द गर्न मन्त्रालयले सिफारिस गरेको र यसबारेमा सीसीएमसीमा छलफल भएर टुंगो लाग्‍ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस तीव्र रुपमा फैलिइरहँदा नेपालमा पनि खतराको संकेत देखिन थालेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार