२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

शिक्षा मन्त्रालयको निर्णय : " नयाँ शैक्षिक सत्र सुरु असारदेखि "

बिहिवार , फाल्गुण ६, २०७७

काठमाडौं, फागुन  ।  कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।

उनले भने, ‘संशोधित शिक्षा नियमावलीलाई आधार मानेर हामीले यो वर्षको शैक्षिक सत्र दुई महिनापछि धकेल्ने निर्णय गरेका छौं ।’

संशोधित शिक्षा नियमावलीमा, ‘महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्नेछ’ भन्ने वाक्यांश उल्लेख छ । एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ ।

सामान्यतयाः वैशाखदेखि शुरू भएर चैतमा शैक्षिक सत्र सकिन्छ । सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करिब दुई सय दिन विद्यालय सञ्चालन हुन्छ । त्यसमा खेलकुद र अतिरिक्त क्रियाकलाप पनि समाबेस हुन्छ।

शिक्षा मन्त्रालयले गत असोज १ गतेबाट ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ लागू तथा मूल्यांकन गर्न स्थानीय तहलाई निर्देशन दिएको थियो । तर, असोजबाटै वैकल्पिक सिकाइ प्रभावकारी रुपमा लागु हुन सकेन ।

सिकाइ सहजीकरणमा विद्यार्थी जोड्न नसकेका विद्यालयहरुले माघ महिनाबाट भौतिक उपस्थितिमा विद्यालय सन्चालन सुरु गरेका छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार