२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सर्वोच्च अदालत : 'रिट खारेजसंगै कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला'

मंगलवार , पौष २८, २०७७

काठमाडाै, पुस । कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू नगर्न भनेर दायर गरिएको रिट खारेज गरेसंगै नयाँ पाठ्यक्रमका लागि बाटो खुलेको हो ।

सर्वोच्चले मंगलबार नयाँ पाठ्यक्रम लागु नगर्न माग गर्दै दायर गरिएको रिट खारेज भएको फैसला सुनाएको हो । शिक्षा मन्त्रालयले नयाँ पाठ्यक्रम लागु गराउने निर्णय गरे सगै गत असोजमा सर्वोच्चमा यस विरुद्ध रिट दर्ता भएको थियो ।

रिट खारेज भए सँगै अब कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागु हुने छ ।  शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ पास गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार