२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

देशभरको मौसम दिनभर र राति कस्तो रहने छ?

सोमवार , जेठ १२, २०७७

काठमाडौं,  जेठ । देशभरका अधिकांश क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

नेपालको पूर्वी भू–भाग आसपासमा निम्न चापीय प्रणाली रहेको र स्थानीय वायुको पनि प्रभाव भएकाले केही क्षेत्रको मौसम भने आंशिक बदली हुने मौसमविदले बताएका छन् ।

मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिम पहाडी भू–भागमा अपराहन्न पश्चात सामान्य बदली हुने छ । बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

मध्य तथा पूर्वी भू–भागका थोरै स्थान र पश्चिम पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति पूर्वी तथा मध्य भू–भागमा सामान्य बदली रहने छ । पश्चिम पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतयासफा रहने मौसमविदले बताएका छन् ।

पूर्वी र मध्य भू–भागका थोरै स्थान तथा पश्चिम पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार