२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सिआन-काठमाडौं कार्गो

सिआन–काठमाडौँ रेलवे–सडक कार्गो सेवा सुरु, ८ दिनमा नेपाल आइपुग्ने

कपडा, जुत्ता, प्रिन्टरसहितका सामान

शनिवार , जेठ १०, २०७७

काठमाडौं, जेठ । चिनियाँ शहर सिआन र काठमाडौँबीच सीधा रेलवे–सडक कार्गो सेवा सुरु भएको छ । शुक्रबार चीनको उत्तर पश्चिमी प्रान्त शाङ्सीको राजधानी सिआनको सिञ्चु रेलवे स्टेसनबाट काठमाडौँका लागि उक्त रेल छुटेको छ ।

सो रेलमा पाइप, कपडा, जुत्ता, प्रिन्टरसहितका सामान रहेको चिनियाँ सञ्चार संस्था सिन्ह्वाले जनाएको छ । उक्त रेलमा रहेका सामान तिब्बतको सिगात्सेसम्म रेलमा आउनेछ भने त्यसपछि ट्रकमा हालेर काठमाडौंसम्म ल्याइनेछ । यसका लागि जम्मा ८ दिनको समय लाग्नेछ । 

यो सेवा चाइना रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेड र चाइना रेलवे कन्टेनर ट्रान्सपोर्टेसन लिमिटेडले संयुक्तले संयुक्त रुपमा सञ्चालन गरेका हुन् । यो सेवा शाङ्सी प्रान्तबाट दक्षिण एशियाली मुलुकसँगको पहिलो संयुक्त कार्गो रेलवे सेवा भएको सिन्ह्वाले उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार