२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

आजदेखि विद्युतीय शवदाह गृह पुनः सञ्चालन

शनिवार , जेठ १०, २०७७

काठमाडौं, जेठ । प्राविधिक समस्या आएपछि केही दिन बन्द रहेको पशुपतिस्थित  नेपालको एक मात्र विद्युतीय शवदाह गृह आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

शवदाह गृहको निर्मलीकरण पूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो । कोरोना भाइरस सङ्क्रमित सिन्धुपाल्चोककी एक सुत्केरी महिलालाई जेठ ३ गते साँझ यन्त्रबाट दहन गरिएपछि प्राविधिक समस्या आएको भन्दै बन्द गरिएको थियो ।

शवदाह गृहसमेत हेर्ने पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले निर्मलीकरण प्रक्रिया पूरा भएको हुँदा आइतबारदेखि पुनः चालू गरिने जानकारी दिएका हुन् ।

विगतमा चौबीसै घण्टा चालू गरिँदै आएको शव दाह गृह अब भने बिहान ८ देखि साँझ ७ बजेसम्म आएका शवलाई दाह गर्ने गरी चलाउन लागिएको उनले जानकारी दिए ।

कोरोना संक्रमित सुत्केरी महिलाको शवदाह गर्दा संलग्न नौ जना कर्मचारीलाई गृह परिसरमा क्वारेन्टाइनमा राखिएको थियो । अब तिनलाई नजिकैको किरियापुत्री घरको एक खण्डमा स्थानान्तरण गरिएपछि शवदाह सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार