काठमाडौं, जेठ । आज पूर्वीलगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका केही स्थानमा अपरान्हपछि मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । अहिले भने देशको पूर्वी भूभागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको बताइएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
जेठ ४ गते (आइतबार)
दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पूर्वी पहाडी भू-भागमा लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
जेठ ५ गते (सोमबार)
दिउँसोः देशको पूर्वी भू-भागमा र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा मध्यान्न पछि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको मध्य तथा पूर्वी पहाडी भू-भागमा सामान्य बदली र तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
जेठ ६ गते (मंगलबार)
दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा आन्शिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागका थोरै र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राति : देशको मध्य पहाडी तथा पूर्वी भू-भागमा आन्शिक बदली र तथा बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
पूर्वीलगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।