काठमाडौं, वैशाख । दाङमा सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । लमहीबाट तुलसीपुर जाँदै गरेको ना ३ च ५९४५ नम्बरको पिकअप भ्यानले तुलसीपुरबाट घोराही आउँदै गरेको रा ५ प ३६८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएकाे हाे ।
साे दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका – ७ का ३० वर्षिय विशाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घोराही उपमनागरपालिका –१४ जलौरा चोकमा बिहीबार बिहान साढे ४ दुर्घटना भएको थियो।
घाइते बिशालको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार १३ वर्षिया हक्की पुनलाई प्राथमिक उपचार गरेर थप उपचारको लागी कोहलपुर लगिएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।