२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

आजदेखि गोरखा जिल्ला पूर्णरुपमा बन्द

बुधवार , बैशाख ३१, २०७७

काठमाडौं,  वैशाख ।  कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ । 

समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिए ।
 
बैठकले अन्य जिल्लाबाट हुने आवागमनलाई पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै गोरखा जिल्लाभित्र यसअघि खाद्य पदार्थ बोकेका सवारी साधनलाई जिल्लाभित्र आवागमन गर्न दिइएकामा अबको पाँच दिन भने त्यसलाई पनि पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ । 

बजारभित्र खाद्यान्न, तरकारी, पशुपक्षी, दाना, औषधि तथा माछामासुका पसलबाहेक अन्य पसल खुल्न नदिने निर्णय भएको रोकाले जानकारी दिए ।

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार